२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदबाट छिटो पास गर्न माग


377
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद भानुभक्त जोशीले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदबाट छिटो पास गर्न माग गर्नुभएको छ ।

बिहीबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद जोशीले एक हजार शैय्याको अस्पताल सञ्चालनको लागि समेत व्यवस्था भइसकेकोले विधेयकलाई छिटो पास गर्नुपर्ने बताउनुभयो ।

सांसद जोशीले विधेयकलाई प्राथमिकताका साथ कार्यसूचीमा राखेर छलफल गरी पारित गर्न माग गर्नुभयो । गत हिउँदे अधिवेशनको अन्तिम दिन र वैशाख १५ गतेको सम्भावित कार्यसूचीमा विधेयक राखिएको थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त विधेयकमाथि छलफल गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने तय पनि भएको थियो ।

सोही दिन पारित गर्ने प्रश्ताव राख्ने तय भएको थियो । तर, मन्त्री पन्त शिक्षक आन्दोलनको वार्तामा व्यस्त भएकाले कार्यसूचीबाट हटाइएको थियो । विधेयक ०८० असोज २१ गते मा राष्ट्रिय सभामा दर्ता भएको थियो । राष्ट्रियसभाले ०८० मा पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो ।