२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


शेयर बजारमा झिनो अंकले सकारात्मक


0
Shares

काठमाडौं । शेयर बजार मंगलबार झिनो अंकले मात्रै सकारात्मक बनेको छ ।

दिनभर घटेको बजार अन्तिममा १ अंकले मात्रै सकारात्मक भएको हो ।

बजार परिसूचक नेप्से २६ सय ११ दशमलव ४३ को विन्दुमा रहेको छ ।

नेप्सेमा रहेका आठ वटा उपसमूह घट्दा पाँच वटा उपसमूह भने बढेका छन् । व्यापार उपसमूह सर्वाधिक २ प्रतिशतले बढेको बजारमा जलविद्युत क्षेत्रको शेयर अत्यधिक मात्रामा खरिद विक्री भएको छ ।

मंगलबार पनि नेपाल माइक्रो लाइफ इन्स्योेरेन्स, क्रेष्ट माइक्रो इन्स्योरेन्स र ओम मेगाश्री फर्मास्युटिकल्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । तर विन नेपाल लघुवित्तको शेयर मूल्यमा भने उल्टो सर्किट लागेको छ ।

मंगलबार एक सय २६ वटा कम्पनीको शेयर मूल्य घट्दा १२० वटाको भने बढेको छ । ३ सय १९ वटा स्टकको दुई करोड ५ लाख ४२ हजार कित्ता शेयर आठ अर्ब ७४ करोड ७६ लाख रुपैयाँ बराबरमा खरिद विक्री भएको छ । कारोबार रकमको आधारमा मंगलबार सानिमा माइ जलविद्युत कम्पनीको सर्वाधिक ९२ करोड ८९ लाख रुपैयाँको शेयर खरिद विक्री भएको छ ।