२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


संसद बैठक बस्दै


234
Shares

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक मंगलबार बस्दै छ ।

प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सुरु हुनेछ भने राष्ट्रियसभाको बैठक दिउसो सवा १२ बजेका लागि बोलाइएको छ ।

दुवै बैठकमा आर्थिक वर्ष २०८२–०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गत वैशाख १९ गते नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । उक्त नीति तथा कार्यक्रममाथि सांसदहरुले ५१ वटा संसोधन दर्ता गराएका छन् ।

सोमबारको बैठकमा पनि सांसदहरुले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आ–आफ्नो धारणा राखेका थिए । मंगलबार पनि नीति तथा कार्यक्रममाथि सांसदहरुले आ–आफ्नो धारणा राख्ने संसद सचिवालयले जनाएको छ ।