
काठमाडौं । जनमत पार्टीका सांसद अब्दुल खानले सर्वोच्च अदालतको अनधिकृत पत्रका आधारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरीलाई गरिएको भन्दै सरकारको निन्दा गर्नुभएको छ ।
सोमबार बसेको प्रतिनिधि सभा बैठकमा आफ्ना कुराहरू राख्दै सांसद खानले सरकारको निन्दा गर्नुभएको हो । उहाँले गत वैशाख १७ गते नाउपा र जनमत पार्टीबीच एकीकरण हुन गइरहेको समयमा चौधरीलाई पक्राउ गरिएको भन्दै यसले मधेशी, थारु, मुस्लिम, आदिवासी, जनजातिको एकता र राजनीतिक समन्वयनमा गम्भीर असर परेको बताउनुभयो ।
सद खानले राजनीतिक षड्यन्त्रको तरिकाले गरिएको गिरफ्तारी मधेसी, थारु, मुस्लिम एकता तोड्ने गरी गरिएको भन्दै आफूहरूको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले यस घटनाले हाम्रो देशको न्याय प्रणालीका साथै राजनीतिक प्रक्रियामा पारदर्शी र विश्वसनीयताको आवश्यकता नरहेको प्रस्ट देखिएको जिकिर गर्नुभयो ।
सांसद खानले सर्वोच्चको अनधिकृत पत्रको आधारमा गरिएको चौधरीको गिरफ्तारीले विधिको शासनमा जनविश्वास गुमेको बताउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीहरूमाथि कारबाही गर्न माग गर्नुभयो । उहाँले वर्तमान सरकार अङ्क गणितले बलियो देखिए पनि जनताको जबाफदेहितामा बलियो सरकार बन्न नसकेको टिप्पणी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्