२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


ललितपुर महानगरलाई नेपालको सिलिकन भ्याली भ्याली बनाउँछौं : मेयर महर्जन


1.17k
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकालाई नेपालको सिलिकन भ्याली भ्याली बनाइने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महर्जनले ललितपुर महानगरपालिकालाई नेपालको सिलिकन भ्याली बनाउने काममा महानगर लागिपरेको बताउनुभयो । उहाँले सबै मिलेर काम गर्दा कठिन नभएको बताउनुभयो । आइटी क्षेत्रमा काम गर्नेहरुलाई ललितपुर महानगर रातो कार्पेट बिछ्याएर स्वागत गर्न तयार रहेको बताउनुभयो ।

मेयर महर्जनले शिक्षाको हबका रुपमा रहेको ललितपुर महानगरलाई सिलिकन भ्यालीका रुपमा अघि बढाइने प्रतिवद्धता जनाउनुभयो ।