Logo ३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025


१४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छ : प्रधानमन्त्री ओली


2.6k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १४ महिनापछि आफूले प्रधानमन्त्रीबाट राजीनामा दिने बताउनुभएको छ ।

शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले १४ महिनापछि आफूले प्रधानमन्त्रीबाट राजीनामा दिने बताउनुभएको हो ।

सरकार परिवर्तनको हल्ला चलिरहेको बेलामा सञ्चारकर्मीहरुले जिज्ञासा राखेका थिए । सोही प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले अब १४ महिनापछि आफूले राजीनामा दिने र नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अब १४ महिलापछि मैले राजीनामा गर्छु, शेरबहादुर जी प्रधानमन्त्री हुनुहुन्छ ।’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले संसदीय दलको बैठकमा कांग्रेस सभापति देउवा थाइल्याण्डबाट आएसँगै गठबन्धनबारे छलफल गर्ने ब्रिफिङ गर्नुभएको थियो । तर सभापति देउवाले भने थाइल्याण्ड भ्रमणबाट शुक्रबार फर्किएसँगै सञ्चारकर्मीहरुसँग गठबन्धन सरकार पूरा समय चल्ने प्रतिक्रिया दिनुभयो ।