१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


मन्त्रिपरिषद्को निर्णय सकिनु १८ मिनेट अगाडि नै कुलमान हटाएको समाचार आयो : सञ्चारमन्त्री गुरुङ


6.617k
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने समाचार मन्त्रिपरिषद्को निर्णय हुनुभन्दा पहिले सञ्चारमाध्यममा आएको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हक सम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गुरुङले मन्त्रिपरिषद्को बैठक सकिनुभन्दा १८ मिनेट अगाडि नै कुलमानलाई पदबाट हटाएको समाचार अनलाइन माध्यममा प्रकाशित भइसकेको बताउनुभयो । उहाँले उक्त विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि कुरा गरेको बताउनुभयो ।

सञ्चारमन्त्री गुरुङले अनलाइनको समाचारदाता मन्त्री हो रु प्रवक्ताले नभन्दै कसले भन्यो रु र यसलाई कारबाहीको विषयमा प्रधानमन्त्रीसँग कुरा राखेको जिकिर गर्नुभयो । उहाँले मन्त्रिपरिषद्को बैठकमा मोबाइल बाहिर राखेर आउन मन्त्रीहरूलाई आग्रह गरेको समेत बताउनुभयो । उहाँले मन्त्रिपरिषद्को बैठकपछि कुलमान घिसिङलाई हटाएको सम्बन्धी सञ्चारमाध्यममा गरेको गरेको कुराकानी भाइरल बनेको बताउँदै आफूले प्रश्न मात्रैको व्यङ्ग्य गरेको बताउनुभयो । मन्त्री गुरुङले सञ्चारमाध्यममा सूचना पु¥याउने मन्त्रीलाई आफूले चिनेको समेत धारणा राख्नुभयो ।

सञ्चारमन्त्री गुरुङले सरकारले गरेको निर्णयहरू कुनै बेला फिर्ता लिनुपर्ने हुनाले २४ घण्टापछि मात्रै मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्ने निर्णय गरिएको स्पष्ट पार्नुभयो । उहाँले आफू निजी विचार राख्न प्रवक्ता नभएको बताउनुभयो ।