१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


युवा पुस्तालाई स्वदेशमा आयआर्जनको व्यवस्था मिलाउन आवश्यक : मुख्यमन्त्री लामा


325
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले युवापुस्तालाई स्वदेशमा आयआर्जनको व्यवस्था मिलाउनु आजको प्रमुख चुनौती भएको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित ‘सात प्रदेशको चित्र, एउटै क्यान भासभित्र’ पुस्तक लोकार्पण समारोहमा बोल्दै मुख्यमन्त्री लामाले युवा पिढीलाई काम गर्ने वातावरण मिलाएर नेपालमै बसाल्नु ठूलो चुनौति र आवश्यकता भएको बताउनुभयो । उहाँले आफूले २६ सय बढी युवाहरूलाई सीटीइभीटीबाट सीप सिकाइ दक्ष बनाउन काम अगाडि बढाएको दाबी गर्नुभयो । उहाँले नेपालमा बसेर धेरै काम गर्न सकिने धारणा राख्नुभयो ।

मुख्यमन्त्री लामाले प्रदेश सरकार धेरै खर्चिलो भन्दै भाष्यहरू निर्माण भएको बताउँदै प्रदेश सरकारले खर्च नबढाएको दाबी गर्नुभयो । उहाँले प्रदेश सरकारले स्वास्थ्य, शिक्षा, सडक, खानेपानी, सडक र पूर्वाधार क्षेत्रमा प्रगति हासिल गरेको धारणा राख्नुभयो ।