काठमाडौं । संविधान जारी भएको ऐतिहासिक दिन ३ असोजमा संविधान दिवस मनाउने सरकारले भब्य तयारी गरिरहेका बेला राष्ट्रिय जनता पार्टी(राजपा नेपाल)र प्रदेश २ का मन्त्रीहरु भने सोही दिनलाई कालो दिवसका रुपमा मनाउन गाउँ गाउँ पुगेका छन् ।
राजपा नेपालबाट प्रदेश नम्बर २ मा मन्त्री भएकाहरु मंगलबार नै तयारीका निम्ति मधेशका गाउँ गाउँमा पुगेका छन् ।
पार्टीले शीर्ष नेतासहित मन्त्रीलाई विरोध र्याली, सभासहित त्यसको तयारीका लागि जुट्न यसअघि नै निर्देशन दिइसकेको छ ।
जिल्ला जिल्लामा हुने विरोध कार्यक्रमका तयारी, विरोध प्रदर्शन तथा विरोधसभालाई सम्बोधनका लागि अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले बारा र पर्सामा हुने कार्यक्रममा भाग लिनेछन् ।
अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो र अनिलकुमार झा बाँके, बर्दिया तथा कैलाली कञ्चनपुर गाउँमा पुगिसकेका छन् । -राजधानी दैनिकबाट




प्रतिक्रिया दिनुहोस्