Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


पुनः भूमि बैंकको स्थापना गर्ने तयारीमा सरकार


1.8k
Shares

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सरकारले भूमि बैंक बनाउने प्रक्रिया पुनः शुरु गर्न लागेको बताउनुभएको छ ।

मंगलबार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा बोल्दै मन्त्री अधिकारीले भूमि बैंक बनाउने कुरा विगतमा पनि आएको तर बिरोध भएपछि रोकिएको भन्दै अहिलेको सरकारले पुनः भूमि बैंक बनाउने प्रक्रियाका लागि छलफल शुरु गरेको बताउनुभयो ।

मन्त्री अधिकारीले राम्रो काम गर्दा बिरोध शुरु हुने गरेको भन्दै विरोधका लागि विरोध नगर्न आग्रह गर्नुभयो । उहाँले भूमि सम्बन्धी अध्यादेश भूमि सम्बन्धी समस्याहरु समाधानका लागि छोटो बाटोबाट समस्या समाधान गर्न भूमि सम्बन्धी अध्यादेश ल्याएको भएपनि अब ऐन नै ल्याउने तयारी गरेको बताउनुभयो ।

मन्त्री अधिकारीले भूमि व्यवस्था समस्या आयोगले आफ्ना कामहरु शुरु गरेको र वास्तविक सुकुम्वासी र भूमिहिनलाई सरकारको नियमानुसार जग्गा उपलब्ध गराउने बताउनुभयो ।