Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


यशोदा फूड्सको ग्लोबल कार्यकारी निर्देशकमा शाह नियुक्त


741
Shares

काठमाडौं । नेपालको खाद्य बजारकै अग्रणाी, खाद्यपदार्थ उत्पादक तथा अन्तर्राष्ट्रिय बजारमा समेत बलियो बजार हिस्सा ओगट्न सफल दाबी गरिएको कम्पनी, यशोदा फूड्स प्रालिले आफ्नो नयाँ ग्लोबल कार्यकारी निर्देशकका रूपमा जी.पी. शाहलाई नियुक्त गरेको गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा बार्षिक एक सय करोड भन्दा माथि कारोबार भएको यशोदा फूड्सले भारत, क्यानडा, अमेरिका, बहराइन, कूवेट, यूएई, ईटालीलगायत १५ भन्दा बढी देशमा आफ्ना उत्पादन निर्यात गर्दै आएको जनाएको छ ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रम गरी कार्यकारी निर्देशक नियुक्तीको घोषणा गरेको हो । कम्पनीका अध्यक्ष चुन्न प्रसादपौडेलले शाहलाई ग्लोबल कार्यकारी निर्देशक रुपमा सम्मानगर्दै स्वागतगर्नु भएको थियो । शाहको नियुक्तिसँगै यशोदा फूड्सको नयाँ र उत्साहजनक अध्यायको सुरुवात भएको कम्पनीको भनाइ छ ।

शाहले कम्पनीको भिजनलाई आत्मसातगर्दै कम्पनीलाई थप उचाईँमा पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।