२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


विदेश पलायन हुने भन्दा आफ्नो देश बनाउने कुरामा बढी ध्यान दिनुहोस् : प्रधानमन्त्री ओली


1.547k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्राविधिक शिक्षामा बढी जोड दिइरहेको बताउनुभएको छ ।

बिहीबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आइटी र प्रविधिको क्षेत्रमा सरकारले जोड दिएर काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले च्याट जिपिटी, एआई अब नेपालका लागि नयाँ कुरा नभएको भन्दै यसको प्रयोगबाट नेपाल अघि बढ्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले प्रविधिबाट शतर्क हुनुपर्ने अवस्था रहेको पनि बताउनुभयो । उहाँले विदेश पलायन हुने भन्दा आफ्नो देश बनाउने कुरामा बढी ध्यान दिनुपर्ने बताउनुभयो ।