 
	    काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेपालमा उत्पादित सामग्रीलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा काटेश्वर महोत्सवको उद्घाटन कार्यक्रममा उपपप्रमुख डंगोलले नेपाली उत्पादनलाई बजारीकरण गर्न जरुरी रहेको बताउनुभएको हो ।
उपपप्रमुख डंगोलले कोटेश्वर महोत्सवको एउटै उद्देश्य यहाँको बजारलाई अझ प्रवद्र्धन गर्नु रहेको बताउनुभयो । उहाँले नेपालमा उत्पादन भएका सामग्रीलाई बजार बिस्तार गर्नका लागि महोत्सव महत्वपूर्ण हुने बताउनुभयो ।
उपपप्रमुख डंगोलले महोत्सवमा धेरै भन्दा धेरै व्यवसायीहरुले आफ्नो व्यवसाय बजारसम्म जोड्न पाउने बताउनुभयो । उहाँले नेपालमै उत्पादित सामग्रीहरु किन्न र प्रयोग गर्न आग्रह गर्नुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्