२३ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 6 2025


रास्वपा सचिवालय बैठक बस्दै


0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । बैठक शुक्रबार दिउँसो ३ बजेबाट पार्टी केन्द्रिय कार्यालयमा बस्ने भएको हो ।

आजको बैठकमा समसामयिक राजनीति, केन्द्रिय विभागमा मनोनयन, आगामी केन्द्रिय समिति बैठकको तयारीका बारेमा छलफल हुने जनाइएको छ ।