Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


आजको मौसम


585
Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ । तराईका केही स्थानहरुमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छ । यस्तै राती पनि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु लाग्नुका साथै थोरै स्थानहरुमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।