Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


आजको मौसम


1.3k
Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । अहिले कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । काठमाडौं उपत्यकाका साथै तराईका केही स्थानहरूमा हल्का हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ भने राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु लाग्नुका साथै केही स्थानहरूमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।