 
	    काठमाडौं । सभामुख देवराज घिमिरेले स्व. दमननाथ ढुंगानाले संसदलाई बलियो बनाउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएको बताउनुभएको छ ।
सोमबार स्व. ढुंगानाको अन्तिम श्रद्धाञ्जलीका लागि सानो गौचरण पुग्नुभएका सभामुख घिमिरेले स्व. ढुंगानाले संसदलाई कसरी बलियो बनाउने भन्नेबारेमा महत्वपूर्ण योगदान दिनुभएको बताउनुभएको हो ।
सभामुख घिमिरेले संसदलाई कसरी बलियो बनाउने भन्ने प्रेरणाको श्रोतको रुपमा स्व. ढुंगानालाई आफूले लिएको बताउनुभयो । उहाँले प्रजातन्त्र आइसकेपछि संसदीय मूल्य, मान्यतालाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्न अगुवाई गर्ने व्यक्तिका रुपमा आफूले चिनेको बताउनुभयो ।
स्व. ढुंगानालाई संसद सञ्चालन र संसदको भुमिकाको बारेमा सिक्नुपर्ने एउटा अगुवाको रुपमा आफूले सम्झिने बताउनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्