Logo ९ फाल्गुन २०८२, शनिबार | Sun Feb 22 2026


कांग्रेससँग मिलेर जनमत गुमाएकालाई सवक सिकायौं : शंकर पोखरेल


6.4k
Shares

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जनमत गुमाएको नेकपा (माओवादी केन्द्र)लाई सवक सिकाउन कांग्रेससँग सत्ता सहकार्य गर्नुपरेको बताउनुभएको छ ।

महासचिव पोखरेलले २७५ सिटको संसदमा ३२ सिट ल्याउने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूरै अवधि मुलुकको शासन गर्ने हुँकार गरेपछि दुई ठूला दल कांग्रेस–एमालेले त्यो सम्भव छैन भन्ने सन्देश दिनेगरी सत्ता सहकार्यलाई अघि बढाउनुपरेको बताउनुभएको हो ।

बुधबार पार्टी मुख्यालय च्यासलमा आयोजित नेकपा (एमाले) युवा विद्यार्थी विशेष जिल्ला कमिटीको पाँचौ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उहाँले आगामी निर्वाचनमा पनि कांग्रेस–एमालेबीच सत्तापक्ष र प्रतिपक्षको भुमिका निर्वाह गर्नेगरी एकल चुनावी प्रतिष्पर्धा गरेर अघि बढने सहमती भएको बताउनुभयो ।

जनमत गुमाउँदै गएको माओवादीले संसदमा ३२ सिटलाई म्याजिक नम्बर भनेपछि आफूहरुले सत्ता सहकार्य गरेर त्यसको जवाफ दिने अवस्था आएको महासचिव पोखरेलको भनाई थियो । महासचिव पोखरेलले मुलुकलाई राजनीतिक स्थायित्व दिनका लागि सरकारले संविधानमा परिमार्जन गर्न चाहेको पनि दोहो¥याउनुभयो ।

महासचिव पोखरेलले जनमत गुमाएकाहरुले शासन गर्ने काम लोकतन्त्रको मजाकको विषय भएकाले त्यसको अन्त्य आफूहरुको रहेको पनि बताउनुभयो ।