Logo १ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026


म्याच फिक्सिङका घटना हुन दिँदैनौं : पारस खड्का


1.4k
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपिएल)मा म्याच फिक्सिङलगायत घटना रोक्न क्यानले विशेष तयारी गरेको बताउनुभएको छ ।

नक्सालमा सोमवार एनपिएलको बारेमा भएको पत्रकार सम्मेलनमा क्यान सचिव खड्काले एनपिएलमा सहभागी आठ वटा फ्रेन्चाइज टोलीमा नेपाल प्रहरीबाट खटाइएका एक जना सेक्युरिटी लियाजन अफिसरले २४ सै घन्टा निगरानी राख्ने बताउनुभएको हो ।

साथै सचिव खड्काले क्यानसँग आफ्नै एन्टी करप्सन युनिट रहेको र उक्त युनिटले मैदानसँगै मैदानबाहिर निगरानीमा राख्ने बताउनुभयो । उहाँले एन्टी करप्सन युनिटलाई सशक्त बनाउन आफूहरूको प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो ।