Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


साफ महिला च्याम्पियनशीप फुटबल फाइनल खेलको अनलाइन टिकट बिक्री नहुने


0
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले भोेली हुने नेपाल र बंगलादेशबीचको साफ महिला च्याम्पियनसिपको फाइनल खेलका लागि अनलाइन टिकट बिक्री बन्द गरेकोे छ ।

गत आइतबार भएको सेमिफाइनल खेलमा टिकट बिक्रीको अधिकार पाएको माउन्ट एभरेष्ट टिकट स्पोर्ट्स एण्ड इभेन्ट्स प्रालिले रंगशालाको क्षमता १५ हजार रहेकोमा १८ हजारभन्दा बढी टिकट बिक्री गरेको पाइएपछि एन्फाले अनलाइन टिकट बिक्री बन्द गरेको हो ।

बुधबार बिहान ८ बजेदेखि जावलाखेलको फुटबल मैदान, एन्फा कम्प्लेक्स र भद्रकाली आर्मी गेटबाट टिकक विक्री हुने पनि एन्फाले जनाएको छ । एन्फाले यसअघि अनलाइनबाट टिकट खरिद गरेकाहरुको पैसा फिर्ता गर्ने पनि जनाएको छ ।

फाइनल खेल मंगलबार साँझ साढे ६ बजेदेखि दशरथ रंगशालामा हुँदैछ ।