 
	    थाइल्याण्डमा यात्रा गर्न अब बायोमेट्रिक पहिचान प्रणाली
एजेन्सी । थाइल्याण्डमा यात्रा गर्ने यात्रुहरुका लागि ६ वटा प्रमुख विमानस्थलमा आगामी नोभेम्बरदेखि नयाँ बायोमेट्रिक पहिचान प्रणाली शुरु गर्ने तयारी गरिएको छ ।
थाइल्याण्ड विमानस्थलका अनुसार, आन्तरिक यात्रुहरूले नोभेम्बरदेखि स्वचालित बायोमेट्रिक पहिचान प्रणाली लागु गर्ने जनाएको छ । जसका कारण यात्रु पहिचान गर्न अनुहार पहिचान प्रविधि प्रयोग गर्नेछ ।
सन् २०२४ सेप्टेम्बरमा समाप्त भएको आर्थिक वर्षमा बैंककको सुवर्णभूमि र डन मुआङ विमानस्थल सहित ६ वटा अन्तर्राष्ट्रिय गेटवेमा ११ करोड ९२ लाख ९० हजारभन्दा बढी यात्रुहरूलाई सेवा दिइएको थियो । मुलुकको सबैभन्दा ठूलो विमानस्थल सञ्चालक एओटीका अनुसार यो गत वर्षको समान अवधिको तुलनामा १९ दशमलव २२ प्रतिशतले बढेको छ ।
विशेषगरी अन्तर्राष्ट्रिय रुटहरूमा उडान कनेक्टिभिटी बढेकाले चालु आर्थिक वर्षमा १२ करोड ९९ लाख ७० हजार ९७ यात्रुको प्रक्षेपणका साथ विमानस्थल सञ्चालकले उच्च यात्रु संख्या समायोजन गर्ने अपेक्षा गरिएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्