
काठमाडौं । अमेरिकाविरुद्धको टी–२० क्रिकेट श्रृंखला नेपालले क्लीन स्वीप गरेको छ । अमेरिकाको डालसमा आज भएको तेस्रो तथा अन्तिम खेल ८ विकेटले जित्दै नेपालले श्रृंखला ३–० ले क्लीनस्वीप गरेको हो ।
आज बिहान टस जितेर पहिले व्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५६ रन बनायो । उसका लागि साइतेजा मुकामल्लाले सर्वाधिक ६८ रन बनाउँदा नेपालका सोमपाल कामीले तीन विकेट लिए । जवाफमा १ सय ५७ रनको लक्ष्य नेपालले १८ ओभर ४ बलमा दुई विकेट गुमाएर पूरा ग¥यो ।
नेपालका लागि आसिफ शेखले अर्धशतक बनाउँदा कुशल मल्लले अविजित ४४ रन तथा कुशल भुर्तेलले अविजित ४० रनको योगदान दिए ।
टी–२० श्रृंखलापछि नेपालले अब त्रिकोणात्मक एक दिवसीय श्रृंखला खेल्नेछ । विश्वकप क्रिकेट लिग टु अन्तर्गतको उक्त श्रृंखला नेपाल, अमेरिका र स्कटल्याण्डबिच हुनेछ ।
प्रतिक्रिया दिनुहोस्