Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


मन्त्रिपरिषद् बैठकका निर्णयहरु


0
Shares

काठमाडौं । सरकारले विश्व बैंकले दिने १५ करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गरेको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले विश्व बैंकले प्रकोपपछिको पुनर्निमाण तथा विकासका लागि प्रदान हुने १५ करोड डलर स्वीकार गर्ने निर्णय गरेको हो ।

यस्तै विश्वबैंकबाटै हरित, उत्थानशील र समावेशी विकासका लागि प्रस्ताव गरिएको करिव १३ करोड ५० अमेरिकी डलर बराबरको ऋण सहायता लिने विषयमा छलफल गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली बनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचारमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।

यसैगरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यको नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समिति पुनर्गठन समेत गरिएको छ ।

यस्तै सरकारले कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतका क्वारेन्टाइन कार्यालयहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने लगायत निर्णय गरेको प्रवक्ता गुरुङले जानकारी दिनुभयो ।