Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


तत्कालका लागि सबै तहको परीक्षा स्थगित गर्ने सरकारको निर्णय


2.3k
Shares

काठमाडौं । सरकारले अहिले सञ्चालन भइरहेका सबै तहको परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

अविरल वर्षासँगै देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानका कारण ठूलो जनधनको क्षति भइरहेका बेला कार्यबहाक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाउनुभएको सुरक्षा अंगका प्रमुखहरुसहितको मन्त्रीहरुको आपतकालीन समन्वयात्मक बैठकले तत्कालका लागि हाल सञ्चालन भइरहेका सबै तहको परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

प्राकृतिक विपद्मा परेका बेला अहिले भइरहेका परीक्षाहरु हालका लागि थोरै समयका लागि भएपनि स्थगन गर्ने निर्णय गरिएको नेपाल सरकार प्रवक्ता समेत रहनुभएका एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

बाढी, पहिरो र डुबानका कारण ठूलो जनधनको क्षति भएपछि सरकारले हाल संचालनमा रहेका सबै परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।