Logo ९ असार २०८३, मंगलबार | Wed Jun 24 2026


दुई वटा संसदीय समितिको बैठक बस्दै


312
Shares

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ ।

जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा समितिको आन्तरिक छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे नै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा त्यस मन्त्रालय अन्तर्गत सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरु महाकाली सिँचाइ आयोजना, रानी जमरा कुलरिया सिँचाइ आयोजना, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना र सिक्टा सिँचाइ आयोजनाको हालसम्मको कार्य प्रगति अवस्था (वित्तीय र भौतिक), प्रमुख सवाल, समस्या, भावी कार्ययोजनाबारे छलफल हुनेछ ।