
काठमाडौं । साफ अण्डर ट्वेन्टी च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज नेपाल र बंगलादेश भिड्दैछन् । खेल दिउसो साँढे दुई बजे ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा शुरु हुनेछ ।
सेमिफाइनलमा भुटानलाई टाइब्रेकरमा हराएर नेपाली टिम फाइनल पुगेको हो । उता बंगलादेशले भने सेमिफाइनलमा तीन पटकको विजेता भारतलाई टाइब्रेकरमा हराएको थियो ।
प्रतियोगिताको छेटौं संस्करणसम्म आइपुग्दा नेपाल र बंगलादेशबीच चार पटक प्रतिस्पर्धा भएको छ । जसमा नेपालले तीन खेल जित्दा एक खेल बराबरीमा सकिएको छ ।
नेपालले सन २०१५ र २०१७ को पहिलो र दोस्रो संस्करणको उपाधि जितेको थियो । बंगलादेश भने पहिलो पटक उपाधि जित्ने दाउमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्