९ असार २०८२, सोमबार | Mon Jun 23 2025


नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा


1.716k
Shares

काठमाडौं । साफ अण्डर ट्वेन्टी फुटबल च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आज भएको खेलमा बंगलादेशलाई २–१ गोलले हराउँदै नेपाल समूह विजेता बनेको हो ।

नेपालका लागि समीर तामाङ र निराजन धामीले एक–एक गोल गरेका थिए भने बंगलादेशका मिराजुल इस्लामले पेनाल्टीमार्फत एक गोल फर्काएका थिए । यो समुहबाट नेपाल र बंगलादेश यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

आजको खेलले समूहको विजेता र उपविजेता मात्रै तय गरेको हो । अब नेपालले फाइनल प्रवेशका लागि समूह ‘बी’ को उपविजेतासँग खेल्नु पर्नेछ । समूह बी को अन्तिम खेलमा भोलि भारत र माल्दिभ्स भिड्दैछन् । यो समूहमा भारत र भुटानको समान ३–३ अंक छ ।