
काठमाडौं । काठमाडौंमा जारी साफ अण्डर ट्वेन्टी च्याम्पियनसिप फुटबलमा आज बंगलादेश र श्रीलंका भिड्नेछन् । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउसो तीन बजे सुरु हुनेछ ।
प्रतियोगितामा बंगलादेशको यो पहिलो खेल हो भने श्रीलंकाको दोस्रो खेल हो । यो खेलमा श्रीलंकाले जित निकाल्न सकेन भने नेपालको सेमिफाइनल यात्रा पक्का हुनेछ । श्रीलंका विजयी भएको अवस्थामा भने बिहिवार हुने नेपाल र बंगलादखेशको खेलपछि मात्रै सेमिफाइनलमा पुग्ने टोलीहरुको टुंगो लाग्नेछ ।
तीन टोली सहभागी समुहको पहिलो खेलमा नेपालले श्रीलंकालाई १–० ले हराएको थियो । प्रतियोगिताअन्तर्गत हिजो भएको खेलमा भारतले भुटानलाई १–० ले हराएको छ ।
प्रतिक्रिया दिनुहोस्