
काठमाडौं । आज एकै पटक ४ वटा संसदीय समितिको बैठक बस्दैछ ।
जसअनुसार बिहान ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा विषय विज्ञहरुसँग छलफल हुनेछ ।
त्यस्तै बिहान साढे ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत कार्यरत कर्मचारीहरुको आन्तरिक समस्याका सम्बन्धमा र नेपालमा इआइए/आइइइ लगायत वातावरण परीक्षणमा कार्यरत जनशक्ति व्यवस्थापन सम्बन्धी समस्याका सम्बन्धमा छलफल हुनेछ ।
त्यसैगरि बिहान ११ बजे नै बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा मानव बेचबिखन तथा ओसारपसार न्यूनीकरण सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि संशोधनकर्तासँग छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्