Logo २४ माघ २०८२, शनिबार | Sun Feb 8 2026


२१ औं संस्करणको पल्सर स्पोर्टस अवार्ड भदौ २८ गते हुने


130
Shares

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चद्वारा आयोजित २१ औं संस्करणको पल्सर स्पोर्टस अवार्ड भदौ २८ गते हुने भएको छ ।

अवार्डमा १० विधामा पुरस्कृत गरिने छ । वर्षका उत्कृष्ट पुरुष खेलाडी, वर्षका उत्कृष्ट महिला खेलाडी, वर्षका उत्कृष्ट युवा खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, टिम अफ दी इयर, लाइफटाइम एचिभमेण्ट अवार्ड, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधा रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइसको मनोनयन केही दिनमै सार्वजनिक गरिने पनि मञ्चले जनाएको छ । यी पाँच विधाका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । टिम अफ दी एयर, लाइफटाइम अचिभमेन्ट, स्पेसल, पारा एथलिट र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड विधामा भने मनोनयन हुने छैन ।

यी तीन विधाका विजेताले भने नगद ५०/५० हजार प्राप्त गर्नेछन् । मञ्चले पल्सर स्पोर्ट्स अवार्डको प्रमुख प्रायोजक गोल्छा ग्रुपसँग सम्झौता गरेको छ । सम्झौता पत्रमा गोल्छा ग्रुपका प्रवन्ध निर्देशक अभिमन्यु गोल्छा र मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले हस्ताक्षर गरे । सम्झौता अनुसार यो वर्ष गोल्छा ग्रुपले नगद १२ लाख ५० हजार र ५ वटा मोटरसाईकल प्रदान गर्नेछ ।