 
	    एजेन्सी । बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले बंगलादेश छाडेपछि पूर्वप्रधानमन्त्री तथा बीएनपीकी सबैभन्दा शीर्ष नेता खालिदा जियालाई रिहा गर्न आदेश दिइएको छ । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले जेलमा रहेकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई रिहा गर्न आदेश दिनुभएको हो ।
राष्ट्रपति शाहबुद्दिनको नेतृत्वमा भएको बैठकमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष बेगम खालिदा जियालाई तत्काल रिहा गर्ने निर्णय गरेको हो । पूर्व प्रधानमन्त्री बेगम खालिदा जिया भ्रष्टाचारको अभियोगमा २०७४ सालमा पाँच वर्षका लागि जेल चलान भएकी हुन् । यद्दपी ५ वर्ष बितिसक्दा पनि रिहा नभएकी उनलाई राष्ट्रपतिले रिहा गर्न आदेश दिनुभएको हो ।
जियाका श्रीमान एवं पूर्व राष्ट्रपति जिया उर रहमानको नाममा सञ्चालित जिया अनाथालय कोषका लागि विश्वका विभिन्न देशबाट प्राप्त २ लाख ५२ हजार डलर बराबरको रकम हिनामिना भएको ठहर भएपछि जेल चलान भएकी हुन् ।
ढाकास्थित केन्द्रीय कारागारको महिला सेलमा सजाय काटिरहेकी जिया राष्ट्रपतिको आदेश लगत्तै रिहा हुने भएकी छन् । दुई वर्षभन्दा बढी जेल सजाय पाएकाहरुले चुनाव लड्न नपाउने बंगलादेशको कानुनमा व्यवस्था छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्