Logo ३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026


काँग्रेसलाई आस्था र निष्ठाको केन्द्र बनाएर छाड्छौँ : महामन्त्री थापा


351
Shares

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली काँग्रेस पार्टीलाई आस्था र निष्ठाको केन्द्र बनाउने बताउनुभएको छ ।

आइतवार नेपाली काँग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टीलाई आस्था र निष्ठाको केन्द्र बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

महामन्त्री थापाले पार्टीभित्र भएका गल्ती तथा कमजोरीलाई सच्याएर अग्रज नेता तथा कार्यकर्ताले भरोसा गर्ने ठाउँमा पार्टीलाई पु¥याउने बताउनुभयो । उहाँले पार्टीले गर्ने निर्णयलाई शुद्ध र पवित्र राख्ने पनि बताउनुभयो । उहाँले पार्टीभित्रको शुद्धिकरणको विषयलाई पनि आफूहरुले गम्भीरतापूर्वक लिएको बताउनुभयो ।

महामन्त्री थापाले भन्नुभयो, ‘पार्टी भित्रको शुद्धिकरणको विषयलाई गम्भीरतापूर्वक लिन्छौँ । गल्ती कमजोरी सच्याएर पार्टीलाई भरोसा गर्ने ठाउँसम्म पु¥याउँछौँ । काँग्रेसलाई आस्थाको केन्द्र, निष्ठाको केन्द्र फेरि एकपटक बनाउनुपर्छ भन्ने तपाईंहरुको चाहना अनुसार त्यस्तो पार्टी बनाएरै छाड्छौँ ।’

महामन्त्री थापाले पार्टीले नेपाली काँग्रेसको कठिन समयमा पार्टी तथा आन्दोलनलाई जोगाउन भूमिका खेल्नुहुने अग्रजलाई सम्मान गर्ने बताउनुभयो ।