काठमाडौं । काभा महिला भलिबल लिग आजदेखि शुरु हुँदैछ । नेपाल भलिबल संघको आयोजनामा बिहीबार शुरु हुने प्रतियोगिता यही साउन २३ गतेसम्म चल्नेछ ।
त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरान गरी पाँच वटा देशले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा नेपालले आज उद्घाटन खेलमा श्रीलङ्कासँग खेल्दैछ । यो खेल दिउँसो सवा ३ बजे शुरु हुनेछ ।
यस्तै नेपालले दोस्रो खेलमा भोलि भारतसँग, तेस्रो खेलमा २० गते आइतवार माल्दिभ्ससँग र चौथो खेलमा २१ गते सोमवार इरानसँग खेल्ने तालिका छ ।
लिग चरणको खेलपछि शीर्ष चारमा रहने टोलीबीच सेमिफाइनल हुनेछ । लिगमा पहिलो र चौथो तथा दोस्रो र तेस्रो टोलीबीच अन्तिम चारमा प्रतिस्पर्धा हुनेछ । फाइनल खेल २३ गते बुधवार हुनेछ ।





प्रतिक्रिया दिनुहोस्