१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


एसीसी महिला टी-ट्वेन्टीमा नेपालको विजय सुरुवात


1.82k
Shares

काठमाडौं । श्रीलंकामा जारी एसीसी महिला टी-ट्वेन्टीमा नेपालले विजय सुरुवात गरेको छ ।

श्रीलंकाको डम्बुलामा जारी ‘नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता’को उद्घाटन खेलमा नेपालले नेपाले यूएईमाथि ६ विकेटको सहज जित निकालेको हो ।

युएईले दिएको १ सय १६ रनको लक्ष्य नेपालले १६ दशमबल एक ओभरमा मात्र ४ विकेट गुमाएर २३ बल बाँकी छँदै पूरा गरेको हो ।

नेपालको जितमा बलिङतर्फ कप्तान इन्दू बर्मा र ब्याटिङतर्फ सम्झना खड्काको योगदान महत्वपूर्ण रह्यो । इन्दूले तीन विकेट लिँदा सम्झनाले अविजित ७२ रन बनाइन् ।

यसअघि, टस जितेर नेपालले फिल्डिङ रोजेसंगै ब्याटिङको निम्तो पाएको युएईले ८ विकेट गुमाएर १ सय १५ रनको योगफल बनाएको थियो ।

प्रतियोगितामा नेपालसहित आठ राष्ट्रको सहभागिता रहेको छ । नेपाल रहेको समूह ‘ए’ मा दुई बलिया टेस्ट राष्ट्र भारत र पाकिस्तान पनि छन् । समूह ‘बी’ मा भने श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड रहेका छन् ।

प्रतियोगिता साउन १३ गतेसम्म चल्नेछ ।