१५ श्रावण २०८२, बिहिबार | Fri Aug 1 2025


जनताका अपेक्षा पूरा गर्न वर्तमान सरकार सफल हुनेछ : सांसद रोकाय


195
Shares

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायले संविधान संशोधनको विषयमा सरकारले सफलतापूर्वक काम गर्न आवश्यक रहेको बताउनुभएको छ ।

शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद रोकायले यस्तो बताउनुभएको हो ।

सांसद रोकायले वर्तमान सरकारबाट नागरिकहरुले गरेको अपेक्षा पूरा हुने बताउनुभयो । उहाँले अहिलेको सरकारले मुलुकमा राजनीतिक स्थायित्व, सुशासन दिने दाबी गर्नुभयो ।

सांसद रोकायले १० वर्षमा अभ्यास गरेको संविधानलाई अब संशोधन गरेर सफल बनाउनुपर्ने बतउनुभयो । उहाँले वर्तमान संविधानलाइ संशोधन गरी वैज्ञानिक बनाउन आवश्यक रहेको बताउनुभयो ।

सांसद रोकायले कर्णाली प्रदेश हरेक कुरामा सम्भावनाले भरिपूर्ण रहेको भन्दै प्राथमिकतामा राखेर काम गर्न आग्रह गर्नुभयो ।