१० असार २०८२, मंगलबार | Wed Jun 25 2025


अनुभवी टिमलाई पनि हराउन सक्छौँ भन्ने आत्मविश्वास बढेको छ : आसिफ सेख


0
Shares

काठमाडौं । नेपाली क्रिकेटर आसिफ सेखले टि २० विश्वकपमा अनुभवी टिमसँग खेलेर आत्मविश्वास बढेको बताउनुभएको छ ।

शुक्रबार इलाइट मुभर्स एजुकेसन कन्सल्टेन्सी काठमाडौंले ब्राण्ड एम्बासडर बनाएपछि संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले यस्तो बताउनुभएको हो ।

सेखले अनुभवी टिमलाई पनि हराउन सकिन्छ भन्ने आत्मविश्वास बढेको बताउनुभयो । उहाँले विश्वकपबाट धेरै सकारात्मक कुराहरु लिन सकिने बताउनुभयो । विश्वकपमा नेपालले गरेको उत्कृष्ट प्रदर्शनलाई लिएर नै अफगानिस्तानले आफूसँग खेल्न बोलाउनु राम्रो पक्ष भएको बताउनुभयो ।

यस सम्झौताबाट दीर्घकालिन सहकार्य बढ्ने र एक आपसमा मिलेर नेपालको खेल क्षेत्र र शैक्षिक क्षेत्रको विकासमा मद्दत पुग्ने विश्वास कन्सलटेन्सीको छ । सम्झौता हाललाई २ वर्षको रहने र आवश्यकता बमोजिम एक आपसको समझदारीमा सम्झौता बढाउँदै जाने बताइएको छ ।