Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


पोखरा– पहिरोमा पुरिएर ११ जनाको मृत्यु (अपडेट)


0
Shares

काठमाडौ । पोखरामा पहिरोले घर पुरिँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

बिहीबार राति पोखरा महानगरपालिका– १९ तल्नाकोट टाढीमा कुलबहादुर परियारको घरमा पहिरोले पुरिँदा एकै परिवारका सात जनाको मृत्यु भएको हो ।

यस्तै पोखरा–३२ चैनपुर र मादी–११ मा बेपत्ता ३ जनाको पनि शव फेला परेपछि मृतकको संख्या ११ पुगेको हो ।

पोखरा–३२ मा आरती ओझाको घर पहिरोले पुरिँदा १८ वर्षीया अनिता ओझा, ९ वर्षीय प्रतिक सुवेदी र ११ वर्षीया अनुस्का ओझाको शव फेला परेको छ भने मादी गाउँपालिका वडा नम्बर ११ मा पहिरोमा पुरिएर वेपत्ता भएकी ८० वर्षीया माइतीकुमारी गुरुङको पनि शव फेला परेको प्रहरीले जनाएको छ ।

कुलबहादुर परियारको घरमा पहिरोले पुरिएर मृत्यु हुनेमा ४६ वर्षीय कुलबहादुर परियार, ४३ वर्षीया मनकुमारी परियार, आमा ८५ वर्षीया लक्षिमा परियार, छोरी १५ वर्षीया प्रशना परियार, चितवन घर भएका ज्वाइँ २५ वर्षीय अस्मित परियार, २० वर्षीया प्रभा परियार र ५६ वर्षीया राधिका परियार रहेको जनाइएको छ ।