Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


नयाँ बन्ने सरकारले शिक्षा क्षेत्रका समस्या समाधान गर्छ : उपाध्यक्ष पौडेल


403
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नयाँ बन्ने सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्ने बताउनुभएको छ ।

बिहीबार रुपन्देहीमा २०८० सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विद्यालयलाई सम्मान गर्दै उपाध्यक्ष पौडेलले यस्तो बताउनुभएको हो ।

उपाध्यक्ष पौडेलले गुणस्तरीय शिक्षा आर्जन गर्ने, देशभित्रै रहेर पार्टी निर्माण योगदान दिने, नेपाली विद्यार्थीको चाहना पूरा हुनेगरी काम नयाँ बन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारले काम गर्ने बताउनुभयो । उहाँले नयाँ बन्ने सरकारले सरकारले स्वभाविक रुपमा अरु क्षेत्रका समस्या समाधानका साथसाथै शैक्षिक क्षेत्रका समस्या समाधान गर्ने बताउनुभयो । उहाँले केही दिनभित्रै अध्यक्ष ओलीको नेतृत्वमा सरकार निर्माण हुने बताउनुभयो ।

उपाध्यक्ष पौडेलले नयाँ बन्ने सरकारले सम्मानित नागरिकका हैसियतले जीवन व्यतित गर्ने वातावरण निर्माण गर्ने पनि बताउनुभयो ।