Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


डेरी एसोसिएसनले मनायो दही चिउरा कार्यक्रम


533
Shares

काठमाडौं । असार १५ को अवसरमा नेपाल डेरी एसोसिएसनको आयोजनामा दही चिउरा खाने एवं भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालले असार १५ लाई मानो रोपेर मुरी फलाउने दिनको रुपमा लिने गरेको बताउदै असार १५ मा देशभर करीब ८० लाख लिटर दही खपत हुने र सो बापत करिब १ अर्ब ४० करोड रुपैयाँको कारोबार हुने जानकारी दिनुभयो ।

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशनक डा. राजेन्द्र यादवले दही चिउरा खानु हाम्रो संस्कृति भएको कुरा बाताउदै किसानले उत्पादन गरेको दुग्ध पदार्थ खपतमा वृद्धि गर्न राष्ट्रिय दुग्ध विकास बोर्ड सहयोगीको भुमिकामा रहने बताउनुभयो । उहाँले रोकिएको किसानको भुक्तानी दिलाउन बोर्ड पूर्ण लाग्ने बताउनुभयो ।

कार्यक्रममा पशुसेवा विभागका पशु विकास अधिकृत सिताराम वली, केन्द्रिय दुग्ध उत्पादक सहकारीका बरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सापकोटा लगायतले नेपाल डेरी एसोसिएसनले चलाएको अभियानले कृषक बर्गलाई सहयोग पुराउने बताउनुभयो ।