Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


नेपालकै तेस्रो ठूलो चार सय केभी क्षमताको हेटौंडा सबस्टेशन सञ्चालनमा


338
Shares

काठमाडौं । नेपालकै तेस्रो ठूलो चार सय के भि क्षमताको हेटौंडा सबस्टेशन सञ्चालनमा आएको छ ।

हेटौंडा उपमहानगरपालिका थानाभर्र्याङ्ममा नेपाल विद्युत प्राधिकरणको नेपालको तेस्रो ठूलो जिआइएस प्रबिधिमा आधारित ४०० केभी क्षमताको सबस्टेशनको शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले उदघाटन गर्नुभएको हो ।

सबस्टेशन नेपाल सरकारको राष्ट्रिय विद्युत विकास दशक कार्यक्रम अन्तर्गत नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको ३ अर्ब २१ करोडको संयुक्त लगानीमा निर्माण भएको हो ।

यश स्टेशनबाट स्थानीय रूपमा पनि बिद्युत आपूर्ति गरिने हुँदा हेटौंडा, भरतपुर, सिमरा तथा वीरगञ्ज क्षेत्रको विद्युत आपूर्तिलाई थप भरपर्दो र गुणस्तरीय बनाउन सहयोग पुग्ने जनाइएको छ । साथै नेपालका मध्य क्षेत्रका नदि कोरिडरका जलविद्युत आयोजनाबाट उत्पादित बिद्युत राष्ट्रिय प्रशारण ग्रीडमा प्रवाह गरिनेछ ।

यसबाट देशभित्र खपत गरी बचत भएको विद्युत भारत तर्फ निर्यात गर्न थप सहज हुने पनि दाबी गरिएको छ । साथै, एमसीसी अन्तर्गत् नुवाकोटको रातमाटेमा निर्माण हुने ४०० के भि को डबल सर्किट प्रशारण लाइन समेत यही सबस्टेशनमा ल्याएर जोडिने जनाइएको छ ।

प्रधानमन्त्री दाहालले भारतमा नेपालमा खपत भएको विद्युत भारतसंगै अब बंगलादेशमा समेत विक्रीका लागि सम्झोता हुन लागेकाले निर्यात सहज हुने बताउनुभयो । प्रधानमन्त्री दाहालले पञ्चेश्वर विद्युत आयोजना अगाडि बढाउने विषयमा भारतीय प्रधानमन्त्री मोदीसंग छलफल गरेको उल्लेख गर्नुभयो ।