Logo २९ भाद्र २०८२, आइतबार | Sun Sep 14 2025


आज ६ वटा संसदीय समितिको बैठक बस्दै


208
Shares

काठमाडौं । आज एकैपटक ६ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान साढे ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ । बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयक, २०८० माथि प्रारम्भिक छलफल हुनेछ ।

त्यस्तै बिहान साढे ११ बजे नै बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा गाँजा खेतीको औषधि प्रयोजनको लागि व्यवसायीक उत्पादन, प्रशोधन तथा बिक्री वितरण लगायतका विषयलाई वैधानिकता दिन कानूनी वातावरण मिलाउने सम्बन्धमा गृह, अर्थ, कृषि तथा पशुपंक्षी विकास, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका मन्त्री÷सचिव र उद्योग, वाणिज्य तथा आपूर्ति, कानून, न्याय तथा संसदीय मामिला, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव एवं यस विषयसँग सम्बन्धित विज्ञ व्यक्तित्वहरुसँग छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदन,२०८० माथि छलफल हुनेछ ।

त्यसैगरि दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल हुनेछ ।

त्यस्तै बिहान साढे ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा सार्वजनिक जमिनको अभिलेखीकरण, प्रयोग तथा संरक्षण सम्बन्धमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग छलफल हुनेछ ।