Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


साउदी रियल देखाएर ठगी गर्नेहरु पक्राउ


689
Shares

काठमाडौं । काठमाडौ उपत्यका अपराध अनुसन्धानको टोलीले साउदी रियाल देखाइ ठगी गर्ने ३ जनालाई पक्राउ गरेको छ । पक्राउ
पर्र्नेहरुमा ३५ वर्षीय दिपक तामाङ्ग, ४९ वर्षीय टेक बहादुर घिसिङ र ३६ वर्षीय निर बहादुर तामाङ रहेका छ्न् ।

काठमाडौ कागेश्वरी हरियालीनगरकी चन्दरी तामाङलगायतलाई साउदी रियल देखाएर प्रलोभनमा पारी उनीहरुको साथमा भएको सुनका विभिन्न गरगहना तथा नगदसमेत गरी १४ लाख २१ हजार ५ सय रुपैयाँ लिएर पक्राउ पर्नेहरु फरार भएका थिए ।

त्यसैगरी काभ्रेपलान्चोक तेमाल घर भइ काठमाडौको नयाँबस्ती बस्ने ३५ वर्षीया फुलमाया तामाङ, रामेछाप गुप्तेश्वर घर भइ गोकर्णेश्वर बस्ने सरमाया तामाङ, ओखलढुङ्गा घर भइ कागेश्वरी बस्ने उत्तम बस्नेतलाई कतारी रियाल देखाइ उनीहरुको साथबाट पनि नगद र सुनका गहना लुटेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कारवाही गर्न प्रहरी वृत बौद्ध पठाइएको काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख सानुराम भट्टराइले जानकारी दिनुभयो ।