बिराज रोस्यारा (इमेज)
कैलाली, भदौ २९ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वर्तमान सरकारले जनतालाई न्याय दिन नसकेको बताएका छन् ।
प्रगतिशील पत्रकार संघ कैलालीले शुक्रबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता केसीले सरकारले अपराधीलाई पक्राउ गर्न नसकेको भन्दै आक्रोश पोखे । सरकारले गर्नैपर्ने कामहरु पनि गर्न नसकेको उनको भनाइ थियो ।
मुलुकमा दैनिक चार महिलाको बलात्कार हुने गरेको भन्दै उनले अपराधी पक्राउ गर्न सरकार असफल भएको जिकिर गरे ।
कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका बलात्कारी र हत्यारालाई चाँडो पक्राउ गर्नुपर्नेमा उनले जोड दिए ।
‘संघीयता धेरै समय टिक्दैन’
नेता केसीले नेपालमा संघीयता धेरै समय नटिक्ने दाबी पनि गरे ।
सरकारले जनताको सेवा र विकासमाभन्दा करमा बढी ध्यान दिएको आरोप उनले लगाए ।
जनतामा संघीयताप्रति वितृष्ण बढ्दै गएको भन्दै उनले ढिलोचाँडो मुलुकबाट संघीयताको अन्त्य हुने दाबी गरे ।









प्रतिक्रिया दिनुहोस्