
काठमाडौं । सहकारीको बचत हिनामिना प्रकरण छानबिनका लागि गठन गरिने संसदीय छानविन समितिको कार्यादेश टुंगो लगाउन आज प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठक बस्दैछ ।
शनिबार बसेको कार्यदलको बैठक बिना निष्कर्ष टुंगिएपछि शीर्ष नेताहरुको बैठक आज फेरि बस्ने भएको हो । हिजो नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका सबै सदस्यसहित शीर्ष नेताबीच छलफल भएको थियो ।
दलका नेताहरुले हिजो भएको छलफल सकारात्मक रहेको बताएका छन् । कार्यादेशबारे आज सहमति जुट्न सक्ने नेताहरुको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस्