
विराटनगर, भदौ २९ । प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले कुनै क्षेत्र वा पेसागत समूहबाट राष्ट्रलाई ठग्ने काम भए आफूलाई स्वीकार्य नहुने बताएका छन् ।
निर्माण व्यवसायी महासंघ प्रदेश नम्बर–१ को साधारणसभालाई शुक्रबार विराटनगरमा सम्बोधन गर्दै उनले राज्यलाई बलियो बनाउन सबै पक्ष इमान्दार हुनुपर्ने बताए ।
कार्यक्रममा निर्माण व्यवसायीहरुले ठेक्का लिने प्रक्रिया, कर्मचारीलाई कमिसन दिनुपर्ने, कानुनी जटिलतालगायतका विषयहरुले काम गर्न अप्ठ्यारो हुने गरेको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्