
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनविरुद्ध अदालत जाने बताउनुभएको छ ।
अध्यक्ष यादवले पार्टी विभाजन गैरकानूनी, असंवैधानिक ढंगले रातारात निर्वाचन आयोगमा दल दर्ता गरेकाले त्यसविरुद्ध अदालत जाने बताउनुभएको हो ।
पार्टी विभाजनपछि उत्पन्न परिस्थितिबारे जानकारी दिन बुधवार ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले पार्टीका नेता अशोक राईले नितान्त व्यक्तिगत स्वार्थका लागि संघीयता, लोकतन्त्र, गणतन्त्र, मधेस र पहिचानको मुद्दालाई धरापमा पार्नेगरी पार्टी विभाजन गरेकाले यसको कुनै औचित्य नरहेको आरोप समेत लगाउनुभयो । पार्टी विभाजन गर्ने काम असंवैधानिक भएकाले आफूहरुले अदालतमा गएर चुनौति दिने अध्यक्ष यादवको भनाई थियो ।
अध्यक्ष यादवले जसपा, नेपालले वर्तमान सरकार ढालेर काँग्रेस नेतृत्वमा अर्को सरकार बनाउने लागेको भन्ने भनाई कपोलकल्पित, आधारहीन र प्रायोजित ढंगले चलाइएको अफबाह भएको बताउनुभयो । उहाँले सरकारलाई दिएको समर्थन यथावत रहेको र त्यो कसरी अगाडि बढछ भन्ने कुरा परिस्थितिमा भर पर्ने बताउनुभयो ।
अध्यक्ष यादवले अर्को सरकार बनाउने प्रयास आफूहरुले नगरेको दाबी समेत गर्नुभएको भयो ।
प्रतिक्रिया दिनुहोस्