Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


कांग्रेस, आपूर्ति तथा उपभोक्ता विभागको सदस्यमा १० सदस्य मनोनयन


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य गुरु बराल प्रमुख रहनुभएको नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागको सदस्यमा १० जनालाई मनोनयन गर्नुभएको छ ।

मनोनयन हुनुभएका सदस्यहरुमा फुलकुमार लालवाणी (मोरङ), मनोहरि तिवारी (काठमाडौँ), पद्मबहादुर रावल )मुगु), प्रेमलाल महर्जन (ललितपुर), देविका नेपाली (दाङ), किरण भगत (सप्तरी), महेन्द्र काफ्ले (तेह्रथुम), निर्मला सुवेदी (रौतहट), तपेन्द्रबहादुर शाह (अछाम) र माधव तिमिल्सिना (काठमाडौँ) रहनुभएको कृष्णप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।