काठमाडौं । संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि हुन लागेको उपनिर्वाचन अन्तर्गत इलाम क्षेत्र नं २ मा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।
बैशाख १५ गते हुने उपनिर्वाचनका लागि सबै तयारी पूरा भएको मुख्यनिर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताउनुभयो । उहाँले आफूहरु निर्वाचनको अन्तिम चरणमा रहेको र मतदानको पर्खाइमार रहेको बताउनुभयो ।
मुख्यनिर्वाचन अधिकृत घिमिरेले निर्वाचनका लागि मतदान अधिकृत, सुरक्षाकर्मीहरु सबै ठाउँमा खटिसकेको र मतदान केन्द्रहरु पनि निर्माण भइसकेको बताउनुभयो । उहाँले मतदानका लागि आवश्यक सामग्री पुगिसकेको बताउनुभयो । उहाँले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदाताहरुले मतदान गर्न पाउने बताउनुभयो ।
मुख्यनिर्वाचन अधिकृत घिमिरेले मतदाताहरु मतदान गर्नका लागि उत्सुक भइ मतदान स्थलहरुमा आउने र त्यहाँको स्थिति नियाल्ने काम गरिरहेको बताउनुभयो । इलाम क्षेत्र नम्बर २ मा ४२ वटा वडामा मतदान हुने छ । जसमा ७९ वटा मतदान स्थल, १४९ वटा मतदान केन्द्र रहेका छन् । त्यस्तै १ लाख १५ हजार ८ सय ८९ मतदाता छन् । सबै मतदाताहरुलाई पुग्ने गरी निर्वाचनका सामग्रीको व्यवस्था गरिसकेको बताउनुभयो । उहाँले मतदातालाई निर्भिकतापूर्वक मतदान गर्न पाउने व्यवस्था मिलाएको र सुरक्षित किसिमबाट मतपेटिका गणनास्थलमा लैजाने बताउनुभयो ।
यता इलामा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले ४२ वटा वडाहरु मतदान हुने र ७९ वटा मतदान स्थल र १४९ वटा मतदान केन्द्रहरुमा रहेको सबै स्थललाई सुरक्षाको वर्गीकरण गरेका गरिएको बताउनुभयो । उहाँले सामान्य, संवेदनशील र अति संवेदनशील गरेर तीन स्तरमा वर्गीकरण गरिएको र ४९ वटा मतदान केन्द्र सामान्य, २१ वटा संवेदनशीलमा र १९ वटा अति संवेदनशीलमा रहेको बताउनुभयो । उहाँले सामान्य मतदान स्थ्लमा न्युनतम ८ जना प्रहरी, संवेदनशीलमा ९, अतिसंवेदनशीलमा १२ जना र अन्य सुरक्षाका लागि पनि सुरक्षा गस्ती हुने बताउनुभयो । नेपाल प्रहरी १३ सय ६३ जना, सशस्त्र प्रहरी बलतर्फ ७१० र नेपाली सेनाको ४८० जना र राष्ट्रिय अनुसन्धान विभागबाट २४ जना गरेर २ हजार ५७७ जना खटिनुभएको बताउनुभयो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार इलाम २ बाट प्रतिनिधि सभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । कार्यालयका अनुसार ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान हुँदैछ । जहाँ ७४५ जना कर्मचारी खटिइसकेका छन् । पुरुष तथा महिलाका लागि अलग÷अलग लाइनमा बसेर मतदान गर्न सक्नेगरी व्यवस्थापन गरिएको छ । उहाँका अनुसार मतदान केन्द्रहरूको नेपाली सेनाको हवाइ गस्तीको प्रबन्ध पनि मिलाइएको छ । ४२ वडा रहेको इलाम २ मा १ लाख १५ हजार ८७९ मतदाता रहेका छन् । यी मतदातामध्ये ४२२ जना नयाँ मतदाता थपिएका हुन् ।









प्रतिक्रिया दिनुहोस्