Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


गृहमन्त्री जबरजस्ती पदमा बस्न खोज्नुले शंका गर्ने ठाउँ छ : सांसद पाण्डे


2.3k
Shares

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले सहकारी ठगि प्रकरणको छानविन गर्न संसदीय छानविन समिति बनाउनुपर्नेतर्फ संकेत गर्नुभएको छ ।

मंगलबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पाण्डेले कुनैपनि प्रकरणमा प्रतिपक्षले छानविन समिति गठनको माग गरेपछि समिति बनाउने यसअघिको नजिर भएको भन्दै यस सहकारी प्रकरणमा पनि छानविन समिति बन्नुपर्ने संकेत गर्नुभएको हो ।

सांसद पाण्डेले संसदमा प्रतिपक्षले उठाएका कुराहरु सुनिनुपर्ने बताउनुभयो । उहाँले सत्तापक्षले जबरजस्त रुपमा संसद चलाउनु नहुने बताउनुभयो । सांसद पाण्डेले संसदीय समिति बनेमा आरोप लागेको मन्त्रीले आफू चोखिने अवसर पाउने पनि बताउनुभयो । उहाँले जबरजस्ती पदमा बस्न खोज्नुले बद्मासी छ भनेर शंका गर्ने ठाउँ रहेको बताउनुभयो ।

सांसद पाण्डेले सहकारी प्रकरणले राष्ट्रिय स्वतन्त्र पार्टीमा आतंक सिर्जना भएको पनि बताउनुभयो ।