Logo २९ कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025


विशिष्टहरुले विदेशमा उपचार गराए राज्यले खर्च नदिने


0
Shares

काठमाडौं । अब पूर्व र बर्तमान राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीसहितका विशिष्ट ब्यक्तिले विदेश गएर उपचार गराए सरकारले खर्च नब्यहोर्ने भएको छ ।

यसअघि विशिष्ट व्यक्तिले विदेशमा उपचार गरेको खर्च पनि राज्यले ब्यहोर्दै आएको थियो ।

संसदको स्वास्थ्य समितिले जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफावार छलफलपछि तयार परिमार्जित प्रतिवेदनमा विदेशमा उपचार गराएको खर्च राज्यले उपलब्ध नगराउने प्रावधान थप गरेको हो ।

समितिले सर्वसम्मतिबाट अनुमोदन गरेको प्रतिवेदन बिहीबार संसदमा पेस गरेको छ ।

संसदले असोज २ भित्र विधेयक पारित गरेपछि विदेशमा उपचार गर्नेको खर्च राज्यले बेहोर्न कानुनी रुपमा मिल्दैन । -कान्तिपुर दैनिकबाट